फाल्गुन २३, सप्तरी एमालेको कार्यक्रम स्थल औद्योगिक क्षेत्र र रुपनीको बीचमा पर्ने पुलमा शंकास्पद बस्तु फेला परेको छ । मेची-एमालेको मेची महाकाली अभियान मा औद्योगिक क्षेत्रमा आमसभा गर्न लागेको छ एमालेको कार्यक्रम विथोल्न भन्दै मधेसी मोर्चाले प्रदर्शन गरेपछि सप्तरीमा तनाव देखिएको छ । रातो कपडामा बेरिएको शंकास्पद बस्तु बम हुन सक्ने आशंका गरिएको छ र, बम डिस्पोजल टोली लाई खबर गरियको जानकारी प्राप्त भयको छ
लाठी जुलुस संगै सप्तरीमा मधेसी मोर्चाका कार्यकर्ताहरुले एमालेविरुद्ध कालोझण्डा सहित प्रदर्शन गरिरहेका छन् ।


जनता भ्वाइस 








