काठमाडौँ, २३ फागुन, वैदेशिक रोजगार को आकर्षक केन्द्र मानिएको इजरायलमा केयरगिभरको रुपमा नेपाली कामदार लैजान आवेदन खुल्ला गरिएको छ । पहिलो चरण अन्तर्गत गत असोजमा ६० जना कामदार लगिएपछि अहिले दोस्रो चरण अन्तर्गत पुन कामदार लैजान प्रकृया सुरु भएको हो ।
नेपाल सरकारले ६० जना कामदार यस पटक पनि इजरायल पठाउने तयारी गरेको छ । आवश्यक न्यूनतम योग्यता पुरा गरेका मध्ये बाट केयरगिभरका रुपमा जान भाषा परीक्षा उत्तीर्ण गर्नेलाई सरकारले न्यून शुल्कमा इजरायल मा पठाइ रहेको छ । नेपालको वैदेशिक रोजगार विभाग र इजरायलको जनसंख्या तथा अध्यागमन निकाय (पीआइबीए) ले केयरगिभर कामदारहरुको छनौट गर्नेछन् । छनौट भएका कामदारले इजरायलमा गई अपाङ्ग, अशक्त,बृद्ध वृद्धहरुको स्याहारसुसार गर्नु पर्ने हुन्छ । केयरगिभर को रुपमा इजरायल जानेको पारिश्रमिक एकदेखि दुई लाखसम्म हुने बताइन्छ ।
कान्तिपुर समाचार का अनुसार नौ बर्ष देखि यता इजरायलमा १५० जति मात्र नेपाली हरु केयरगिभरको रुपमा पुगेका छन । इजरायल ले पनि कोरिया ले जस्तै सरकारी स्तर बाट नै कामदार लै जाने सहमति भएको थियो । सोहि संझौता अनुसार गत अशोज मा पहिलो समुह गयको हो
गत वर्ष पाइलट प्रोजेक्टमा सहमति भएर दुई वर्षभित्र तीन सय नेपाली कामदार लैजाने सहमति भएको थियो । इजरायलले वार्षिक एक हजार नेपाली कामदारलाई रोजगारी दिने बताउँदै आएको छ । नेपालकालागि इजरायली राजदूत यारोन मायरले यो प्रोजेक्ट सपल भए यही मोडलमा वार्षिक रुपमा नियमित नेपाली कामदार लैजाने बताएका छन् ।