images
images

सञ्जय दत्त ले छोरीलाई बलिउड भित्र्याउन चाहदैनन् ,कारण यस्तो छ

फाल्गुन २२ , २०७३- बलिउडका धेरै हस्तीहरु आफ्ना सन्तानलाई बलिउडमा स्थापित गर्न चाहन्छन् तर जेल जीवन सकाएर फिल्म सुटिङमा व्यस्त बलिउड कलाकार सञ्जय दत्त भने यो मानेमा भिन्न निस्किएका छन् । उनी आफ्नी छोरीलाई बलिउड भित्र्याउन चाहन्नन् ।

५७ वर्षीय स्टार दत्तले छोरी त्रिशालाले बलिउडमा करिखर बनाउन चाहेको भन्दै आफूले छोरीलाई बलिउडमा करिअर बनाउनबाट रोकेको बताएका छन् । उनले आफूले छोरीको शिक्षादीक्षाको लागि ठूलो समय र ऊर्जा खर्च गरेको भन्दै उनलाई बलिउडमा नभित्र्याउने बताएका छन् ।

‘मैले छोरीको शिक्षाको लागि ठूलो समय र ऊर्जा खर्च गरेको छु । उनले फरेन्सिक साइन्समा विशेषता हासिल गरेकी छिन् र उनले त्यही क्षेत्रमा धेरै गर्न बाँकी छ’, सञ्जय दत्त भन्छन् ।

जेलबाट छुटेपछिको पहिलो फिल्म भूमीको सुटिङमा व्यस्त दत्तले अभिनय गाह्रो काम भएको भन्दै त्रिशालाले बलिउडमा काम गर्न पहिले उनले हिन्दी सुधार्नुपर्ने बताए ।

‘उनले बलिउडमा काम गर्ने नै हो भने पनि उनले पहिला हिन्दी भाषा सिक्नुपर्छ किनकी यहाँ अंग्रेजी भाषाले काम गर्दैन’, दत्तले भने,‘अभिनय हेर्दा सजिलो देखिन्छ तर यो गाह्रो काम हो ।’

दत्तको फिल्म भूमी बाबु छोरीको सम्बन्धमाथि बनेको छ । – एजेन्सी, मुम्बई