फाइल फोटो
२०७३ चैत्र १७ – एजेन्सी: भारतीय चर्चित कमेडी टेलिभिजन रियालिटी शो ‘द कपिल शर्मा शो’ बन्द हुने स्थितिमा पुगेको छ। मशहुर गुलाटी सुनील ग्रोबर र कपिल शर्माबीच विवादपछि द कपिल शर्मा शो’ बन्द हुने स्थितिमा पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। तर यसबारेमा कपिल शर्माको अफिसियल प्रोडक्शन हाउस (k9)ले कुनै प्रतिक्रिया दिएका छैनन्। गुलाटीले छाडेपछि कपिलले शोमा नयाँ कमेडियन ल्याए पनि दर्शकलाई रमाइलो दिन सकेनन्।
रिपोर्टमा बताइए अनुसार जब सुनील ग्रोबर, चन्दन प्रभाकर तथा अली अजगर ‘नानी’ ले एकै पटक कपिल शर्मा शो छाडे तब उनीहरुको ठाउँमा कमेडियनहरु राजु श्रीवास्तव, सुनील पाल र अहसान कुरेशीलाई ल्याइयो। तर उनीहरुले सुनील, चन्दन र अजगर स्तो प्रस्तुती दिन सकेनन् भने च्यानल खासै खुशी देखिएन।


जनता भ्वाइस 








