पथरी, १७ चैत, लोकगायिका ज्योति मगरले पछिल्लो समयमा स्टेज शोहरुमा उत्तेजक हर्कत देखाउने क्रम रोकिएको छैन । उनको यो हर्कतलाई कतिले छाडापन भन्दै आलोचना गर्छन् भने कतिले प्रसंशा मात्रै नभइ ‘वान्स मोर’ पनि भन्ने गरेका छन् । सुनाखरी युवा क्लबद्वारा मोरङको पथरीशनिश्चरेमा आयोजित पथरी महोसत्वमा पनि उनको उत्तेजक हर्कत रोकिएन ।
बिहीबार साँझ करिब १५ सय दर्शकहरु माझ ज्योतिले उत्तेजक र अश्लिल हाउभाउ प्रस्तुत गरिन् । कालो ज्याकेट र स्कर्ट लगाएर स्टेजमा देखिएकी ज्योतिको ज्याकेट केही समय पनि टिक्न सकेन । उनले लगाएको ज्याकेट खोल्दै उत्तेजक हर्कत देखाउन पछिपरिनन् । उनले दर्शकहरुलाई आकर्षित गर्न कुनै कसुर बाँकी राखिनन् । उनले आफ्नो जवानी पनि खुलेरै देखाइन् । निक्कै ठूलो वक्षस्थललाई प्रदर्शन गर्न उनले जानीजानी निहुँरिने र वक्षस्थल प्रदर्शन गर्ने हर्कत समेत गर्न भ्याइन् ।
यतिमै उनको उत्तेजक हर्कत रोकिएन, ‘भित्री वस्त्र’ पनि देखाउन भ्याइन् । ‘ज्योतिसँग रोमान्स गर्ने हो ?’ भन्दै उनले दर्शकहरुलाई सोधिन् । उनले आई लभ यू, सोल्टी, च्वाक, झ्यापमा हो, यो सोल्टीसँग बिहे गरे भने त सोल्टी जस्तै कालो छोरो हुन्छ होला, यस्ता लुरेले ज्योतिलाई सक्दैन जस्ता शब्दहरु प्रस्तुत गरी माहोललाई थप उत्तेजक पारिन् ।
महोत्सवमा उपस्थिति दर्शकले ज्योतिको प्रस्तुति मात खुवाउने खालको रहेको टिप्पणी गरेका थिए । महोत्सवमा ज्योतिले आफ्नो शरीरका अङ्ग प्रदर्शनका लागि कुनै पनि हाऊभाऊ बाँकी राखिनन् । अझ गजबको कुरा त यो थियो की ज्योतिले पहिरिएको स्कर्टको रुप । घुँडा भन्दा निक्कै छोटो स्कटले ज्योतिको उत्तेजक प्रस्तुतिलाई साथ दिएको थियो । जसले उनको लुकाउनै पर्ने अङ्ग मात्रै छोपेको थियो । उनको स्वरमा खासै गायिकीपन त देखिएन तर, उनले उत्तेजक हाऊभाऊ प्रस्तुत गर्दै दर्शकलाई उत्तेजना पैदा गर्न भने सफल नै भइन् ।
ज्योतिको प्रस्तुतिसँगै नजिकमा रहेका युवाहरु उनको फोटो खिच्न तछाडमछाड गर्न थाले भने पछाडि रहेका युवाहरुले उफ्रिंदै अगाडि बसेकाहरुलाई घचेट्न थाले । उनको प्रस्तुतिको नसामा लठ्एिका युवाहरुको उफ्राईका कारण बालबच्चाहरुसँग बसेका आमा र वृद्धहरुलाई बसिनसक्नु नै भयो । त्यति मात्र हैन ज्योतिको प्रस्तुतिका कारण युवाको हुटिङ र होहल्लाले भिड नियन्त्रण गर्न प्रहरी र स्वयम् सेवकलाई पनि हम्मेहम्मे भएको थियो ।
ज्योतिले भनिन्, ‘पत्रकारहरुले मेरो कार्यक्रममा जति मज्जा अरूले कहाँ लिनुहुन्छ । यहाँ ‘लो एङ्गल’ बाट फोटोे खिचेर मज्जा लिनुहुन्छ अनि घरमा गएर जुम गरीगरी हेर्नुहुन्छ ।’ उनले भनिन्, ‘तपाईं दर्शकहरूले पैसा पनि तिर्ने टाढा बसेर ज्योतिको जवानी हेरी मोज गर्न पनि नपाउने ? नडराउनु ज्योतिको तिघ्रा परैबाट पनि देखिने गरिको ब’नाको छु धितमरून्जेल हेर्नुस् भोलि म गइहाल्छु ।’


जनता भ्वाइस 








