२०७३ चैत्र १६ – जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी हवलदारले मंगलबार एक भारतीय नागरिकबाट दुई लाख रुपैयाँ नगद लुटेका छन् । सीमावर्ती मधुवनी जिल्ला कलना ग्रामपञ्चायत बस्ने ५१ वर्षीय जीवछ यादवको साथमा रहेको २ लाख १० हजार रुपैयाँमध्ये प्रहरी हवलदार धर्वेन्द्र पासमानले हतियार देखाएर २ लाख लुटेका थिए ।
यादव आफ्नो छोरीको बिहेमा जनकपुरका एक साहुसँग लिएको ऋण भुक्तानी गर्न यहाँ आउँदै गर्दा मंगलबार अपराहन करिब अढाई बजे जनकपुर हवाई मैदान नजिक लुटिएका थिए ।
बटुवाको रकम लुट्ने प्रह धवेन्द्र पासमानमाथि रहजनी चोरी मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए । पासमान धनुषा क्षेत्र नम्बर ३ मा पर्ने अकौडा निवासी हुन् । उनी रातमाटेगण हेटांैडामा कार्यरत रहे पनि ६ महिनादेखि काजमा धनुषामै बस्दै आएका छन् ।
प्रहरी नियमावलीमा प्रहरी जवानदेखि उपल्लो अधिकारीसम्मलाई निजको गृह जिल्लामा दरबन्दीमा नराखिने प्रावधान भए पनि धनुषामा धवेन्द्र पासमानजस्ता दर्जनौं सकल दर्जाका सुरक्षाकर्मी काजमा छन् । प्रहरी उपरीक्षक आचार्यले थप मद्दतका लागि काजमा केही आएको बताए ।