
२०७३ चैत्र १६ – प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । छ दिने लामो चीन भ्रमणपछि अन्तराष्ट्रिय विमानस्थलमाकाे भिआइपी कक्षमा पत्रकारहरुसँग कुराकानी गर्दै दाहालले चीनमा भएका सबै राजनीतिक भेटवार्तामा सबै राजनीतिक दलको सहमतिमा नोपालमा चुनाव होस् भन्ने चाहेको बताए ।
प्रधानमन्त्री दाहालले भ्रमणले सम्बन्धलाई सुदृढ र बिस्तार गर्दै नयाँ उचार्इमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । चिनियाँ राष्ट्रपति सि जिन पिङ लगायत उपप्रधानन्त्री झाङ गा वली, वाङ याङसँगको भएको भेटवार्ताबाट सहकार्य मजबुट पार्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
चीनले अगाडि बढाएको वान बेल्ट वान रोड अवधारणमा नेपाल चाँडै सदस्य बन्ने गरी सम्झौतापत्रमा हस्ताक्षर हुने उनको भनाई थियो ।त्यस्तै चीनबाट नेपालतर्फ रेलबिस्तार, सीमापार सडक र रेल सञ्जाल, रसुवागढी र तातोपानी नाकाको स्तरउन्नतिलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालले बताए ।
प्रधानमन्त्रीलाई स्वागत गर्न अन्तराष्ट्रिय विमानस्थलमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीहरु कमल थापा, विमलेन्द्र निधि, कृष्णबहादुर महरा पुगेका थिए ।