images
images

पत्रकारलाई लक्षित गरी पेट्रोल बम प्रहार : घटनाको क्लबद्धारा विरोध

क्लबले मंगलबार विज्ञप्ति जारी गर्दै कान्तिपुर दैनिकका फोटो पत्रकार केशब थापा र अनलाइनखबरका फोटो पत्रकार श्रीधर पौडेललाई लक्षित गरी बम प्रहार भएको घटनाप्रति भर्त्सना गरेको हो । प्रहरी र प्रदर्शनकारीबीचको ढुंगा हानाहानको फोटो सञ्चारमाध्यममा प्रकाशित भएपछि उनीहरुले फोटो पत्रकारलाई लक्षित गरेर पेट्रोल बम प्रहार गर्नु जनताको सूचना पाउने अधिकार समेत बन्चित गर्न खोजिएको फोटो पत्रकार क्लबको ठहर छ । विद्यार्थीको आक्रमणबाट फोटो पत्रकारद्वय थापा र पौडेललाई सामान्य चोट लागेको छ ।

क्लबले दोषीको  छानबिन गरी कानुनी दायरमा ल्याइ कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ । राज्यको चौथो अंग मानिएको सञ्चार श्रेत्रलाई स्वतन्त्र भएर सूचना सम्प्रेषण गर्न पाउने वातावरण वनाउन पनि फोटोपत्रकार क्लबले सम्बन्धित सबैमा आग्रह गरेको छ ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी लगायत केही विद्यार्थी संगठनको बहिष्कारका बीच मंगलबार आरआरमा स्ववियु चुनाव भइरहेको छ । दिउँसो साढे २ बजेसम्म करिब १ हजार १ सय मत खसिसकेको अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माले बताए । आरआरमा ३५ सय ८१ मतदाता छन् । बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्मलाई निर्वाचन समितिले मतदानको समय तोकेको छ । अहिले शान्तिपूर्ण तरिकाले मतदान भइरहेको शर्माले बताए ।