images
images

कटारीमा स्कारपियो दुर्घटना, एकजनाको मृत्यु ६ घाईते

कटारी / कटारी नगरपालिका वडा नम्बर ६ सोमबारेमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । आज दिउँसो ४ बजेको समयमा चितवनबाट झापा तर्पm जाँदै गरेको मे १ च ३०४० नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटनाहुँदा झापाको दमक नगरपालिका वडा नम्बर ३ वस्ने ५५ वर्षिय माधव वस्नेतको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक कमल वजगाईका अनुसार वस्नेतको कटारी प्रादेशिक अस्पत्तालमा उपचारका क्रममा मृत्यु भएको हो । उपरीक्षक वजगाईले अर्का गम्भिर घाईते झापाको दमक नगरपालिका १० का ४९ वर्षिय राजेन्द्र प्रसाद भण्डारीको कटारी अस्पत्तालमै उपचार भईरहेको जानकारी दिनुभयो ।
अन्य घाईते दमक १ का ४५ वर्षिय ज्ञानेन्द्र गौतम , दमक ६ का ५४ वर्षिय कमल श्रेष्ठ , दमक २ का ३८ वर्षिया नविन खतिवडा र झापा गौरादह नगरपालिका १ का ५४ वर्षिया भुवन दाहाललाई थप उपचारका लागि न्युरो अस्पत्ताल विराटनगर पठाईएको छ । चालक दमक ९ का ३८ वर्षिय देवेन्द्र तामाङ्गको कटारी अस्पत्तालमै उपचार भईरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
अनियन्त्रित स्कारपियो सडक छेउको ट्रष्टबेरियरमा ठक्करखाई दुर्घटना भएको पनि प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।