images
images

कटारीलाई जिल्लाको शिक्षाको हबको रुपमा विकास गरिने प्रतिबद्धता सहित वृहत शैक्षिक सम्मेलन सम्पन्न

कटारी /कटारी नगरपालिकालाई उदयपुर जिल्लाको शिक्षाको हबको रुपमा विकास गर्ने लक्ष्य सहित सातबुँदे प्रतिवद्धता घोषणा गर्दै वृहत शैक्षिक सम्मेलन २०८१ सम्पन्न भएको छ ।
‘शैक्षिक रुपान्तरणका लागि सम्भव छ, हाम्रै पालामा’ भन्ने मूल नाराका साथ पहिलो पटक कटारी नगरपालिकाले शैक्षिक रणनीति तयार पारेको छ । कटारी नगरपालिको शैक्षिक रणनीति निर्माणका लागि आयोजना गरिएको दुईदिने वृहत शैक्षिक सम्मेलन सकिएको हो । त्रिवेणी मावि कटारीको हलमा सम्पन्न सम्मेलनको शिक्षाविद डा.विद्यानाथ कोईराला सहितका शिक्षाविदहरुले सहजीकरण गरेका थिए । सम्मेलनको समापन गर्दै मेयर राजेशचन्द्र श्रेष्ठले सवैको राय , सल्लाहा, सुझाबका साथ विज्ञहरुको सुझावमा रणनीतिहरु तयार पारेको बताउनुभयो ।
कटारी नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका शाखा प्रमुख सञ्जु दाहालका अनुसार सम्मेलनले घोषणा गरेको प्रतिवद्धतासँगै सहभागीहरुले दिएको सुझाव समेत संकलन गरिएको छ ।
सम्मेलनमा नगर भित्रका विद्यालयका प्रधानाध्यापकहरु , विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु , सरोकारवाला राजनीतिक दलका प्रतिनिधिहरु सहभागी थिए ।
सम्मेलनले तयार पारेको प्रतिवद्धता पत्र
१. कटारी नगरपालिकालाई उदयपुर जिल्लाको शिक्षाको हबको रुपमा विकास गर्ने लक्षका साथ हामी आफूलाई एक्काइसौँ शताब्दीको रुपान्तरित र योग्य शैक्षिक नेतृत्वका रुपमा स्थापित गर्नेछौं शैक्षिक रुपान्तरणको अगुवाको रुपमा प्रामाणिक मानक स्थापित गर्दै समग्र राष्ट्रको शैक्षिक उन्नयनमा योगदान दिनप्रतिवद्ध रहनेछौं
२. विद्यालयको शैक्षिक, आर्थिक, प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्वलाई प्रभावकारी बनाउँदै, शिक्षक–कर्मचारीको कार्यक्षमता तथा दक्षतालाई प्रवद्धृन गर्दै, निष्ठावान, समर्पित र दूरदर्शी बनी विद्यालयको शैक्षिक व्यवस्थापन तथा शिक्षण सिकाइलाई अझ वैज्ञानिक, जीवनो पयोगी, प्रविधिमैत्री बनाउन प्रतिवद्ध रहनेछौँ क्ष्बालमैत्री शिक्षण, रैथाने सीप तथा ज्ञानलाई आत्मसात गरी रुपान्तरणमुखी शिक्षण सिकाइ, प्रगतिशील सिकाइलाई अबलम्बन गर्दै विद्यालयमा सामाजिक तथा भावनात्मक सिकाइको वातावरणलाई (क्यअष्ब–िभ्mयतष्यलब िीभबचलष्लन)प्रोत्साहित गर्नेछौं।
३. बालबालिकाको पठनसीप÷संस्कृति निर्माण, उपचारात्मक प्राथमिकताका साथ शिक्षक, विद्यार्थी तथा अभिभावकलाई सहभागी गराई परिणाममुखी अभियान संचालन गर्नेछौँक्ष्
४. शिक्षण सिकाइलाई प्रयोगात्मक, व्यवहारिक र विश्वस्तरमा प्रतिष्पर्धी बनाउन समालोचानात्मक चेतनाको विकास,प्राविधिक तथा व्यवहार कुशलसीपको विकास, दीगो विकासका लक्षमा आधारित सिकाइ, वैज्ञानिक खोज तथा अनुसन्धान, नवप्रवर्तन,कृतिमवौद्धिकता, अत्याधुनिक डिजिटल प्रणालीको पहुँच लगायतमा प्रतिवद्धरहने छौं
५. समुदाय सँगको हातेमालोमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकसंघ, विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी,अभिभावक तथा सरोकारवाला सबैको सहभागिता र अपनत्व सुनिश्चित गर्दै विद्यालय सुधारको स्पष्ट खाका र कार्यजोजना निर्माण गरी हरेक जिम्मेवार पक्षको स्पष्ट जिम्मेवारीतोकी त्इच् निर्माण गरी सोही अनुसार काम गर्नेछौं
६. हरेक विद्यालयले शिक्षा सुधारको वार्षिक लक्ष तय गर्ने, मासिक कार्ययोजना निर्माण तथा कार्य सम्पादन समीक्षा गर्ने, सोही अनुरुप आवश्यक रणनीति तर्जुमा गर्दै लक्ष हासिलगर्ने छौं
७. सम्मेलनमा सहभागी विद्यालयबाट प्राप्त सुझावलाई टिपोट गरी नगरपालिकाको दश वर्षे शैक्षिक रणनीति निर्माण तथा निर्णयार्थ कार्यपालिका समितिमा हस्तान्तरण गरिने ।