images
images

उदयश्री वचत तथा ऋण सहकारीकाे नवाैं साधारण सभा सम्पन्न

कटारी /उदयश्री वचत तथा ऋण सहकारी संस्था लिमिटेड कटारीको नवौं साधारण सभा आज सम्पन्न भएको छ । उदयपुर उद्योग वाणिज्य संघको हलमा सम्पन्न संस्थाको उदघाटन समारोहमा वोल्दै प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले सहकारीलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको बताउनुभयो ।
नगरपालिकाका भित्रका सहकारीहरु संकटग्रस्त अवस्थामा पुगेका वेला उदयश्रीले साधारण सभा गर्न सक्नु पनि महत्वपूर्ण रहेको बताउनुभयो । सहकारी संञ्चालकहरुले आफुखुसी ऋण दिने , सहकारीको नीति विपरित काम गर्दा यस्तो अवस्था आएको बताउनुभयो ।
त्यसैगरी विशेष अतिथि कटारी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष पुष्कर खड्काले सहकारी नीति अवलम्बन गर्दै उदयश्रीले नियमित रुपमा कार्य संञ्चालन गर्नु सफल भएकोमा शुभकामना दिनुभयो । उदयश्रीलाई विश्वासिलो बनाउनका लागि सवैको उत्तिकै जिम्मेवारी रहेको वताउँदै कार्यक्रमका सभापति सहकारीका अध्यक्ष सुदिप बरालले आगामी दिनमा पनि यसलाई सवै मिलेर सफल सहकारी वनाउनुपर्ने बताउनुभयो ।
साधारण सभाले सहकारीको नयाँ नेतृत्व समेत चयन गरेको छ । जसको अध्यक्षमा डिकबहादुर तामाङ्ग उपाध्यक्षमा विमल तामाङ्ग , सचिवमा सन्तोष बराल , कोषाध्यक्षमा रामेश्वर बराल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा शुदर्सन बराल , कैलाश श्रेष्ठ र वुद्धमाया तामाङ्ग चयन भएका छन् ।
वन्द सत्रले महेश आचार्यको संयोजकत्वमा गोमा तामाङ्ग र सिर्पना वस्नेत सदस्य रहनेगरी लेखा समिति समेत चयन गरेको छ । संस्थाले आर्थिक वर्ष २०७९ । ८० सम्म आईपुग्दा ३ करोड ३८ लाख ३७ हजार ८ सय ५६ रुपैंया ६९ पैसाको कारोबार गरेको छ ।
साधारण सभाको अवसरमा विभिन्न व्यक्तिहरुलाई संस्थाले मायाको चिनो समेत वितरण गरेको थियो । कार्यक्रममा स्वगत मन्तव्य संस्थाका प्रवन्धक दोर्जे तामाङ्गले दिनुभएको थियो ।