images
images

कटारीमा सुनुवार समुदायको स्याँदर पिदार भव्यताका साथ मनाईयो (फोटो फिचर )

जन्ताभ्वाईस सम्वाददाता
२२ वैशाख , शुक्रबार , २०८०
कटारी/ किरात कोईच सुनुवारको महान चाड स्याँदर पिदार उभौली शुक्रबार कटारीमा पनि धुमधामका साथ मनाईएको छ । सुनुवार सेवा समाज कटारी नगर समितिको आयोजनामा उनीहरुले उभौली मनाएका हुन् ।

कटारी , ३ स्थित थानमा सुनुवारहरुले धेरैवर्ष पहिला देखि उभौली उधौली मनाउँदै आएका छन् । यस वर्षको उभौली मनाउन कटारी नगरपालिकाको वडा नम्बर १ खसिबास लगायत विभिन्न वडा तथा सिन्धुलीको दुधौली नगरपालिकाबाट समेत सुनुवारहरु उपस्थित भएका थिए ।

आप्mनो जातिय भेषभुषामा सजिएका सुनुवारहरुले ढोल भ्mयाम्टाका साथमा स्याँदर नाचेका थिए ।सुनुवारहरुलाई एकीकृत गरी भाषा , संस्कार संस्कृतिको संरक्षण गर्न सुनुवार युवापुस्ताहरु समेत सकृय देखिएको थियो ।

उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरी मुल पुजारीहरुले पुजा आराधना गरी विधिवत रुपमा स्याँदर पिदार मनाएका हुन् । स्याँदर पिदारको अवलोकन गर्न कटारीका मेयर राजेशचन्द्र श्रेष्ठ तथा उपमेयर गीता खड्का समेत सहभागी भएका थिए ।