images
images

कभरमा जमेका कटारीका दिपक तामाङ्गले रचना रिमालसँग ल्याए खास बन्यौ बोलको नयाँ गीत

जन्ताभ्वाईस सम्वाददाता
३० फागुन , मंगलबार , २०७९
कटारी/नेपाली गीत  संगितको कभरमा राम्रो जमेका युवा गायक दिपक तामाङ्गको स्वरमा नयाँ गीत खास बन्यौ तिमी दर्शक स्रोतामाझ आएको छ । उदयपुरको कटारी नगरपालिका , ४ का तामाङ्गको अहिलेका चर्चित गायिका रचना रिमालसँगको संयुक्त स्वरमा नयाँ गीत खास बन्यौ तिमी दर्शक स्रोता माझमा आएको हो ।
अर्जुन थेगिम लिम्बुको शब्द , तामाङ्गको संगीत संयोजनमा संजिव बराईलीको गिटार ,रत्त विश्वकर्माको वाँसुरी ,पोषण मगरको मादललाई सुन्न सकिन्छ । कटारीमा विद्यालयस्तरदेखि नै मिठो स्वरका साथ विभिन्न प्रतियोगिताहरुको विजेता वन्दै संगितमा होमिएका तामाङ्ग अहिले राजधानीमा संगितको यात्रामा दौडिरहेका छन् ।
विशेषगरी कभरगीतहरुमा पछिल्लो पटक दिपकको स्वरलाई स्रोता दर्शकहरुले रुचाएका छन् । तामाङ्गको स्वरमा कभर गरिएको तिमि भन्दा म पहिला मरौंला वोलको गीत धेरैले मन पराएका थिए ।
युट्युव टिकटक भिडियोहरुमा पनि थुप्रैले तामाङ्गको स्वरलाई पछ्याईरहेका छन् । क्रमश कभर र आप्mनै गीतहरुमा जमिरहेका तामाङ्गले रिमालसँगको नयाँ गीत लाईभ म्युजिक नेपाल  युट्युब च्यानल मार्पmत सार्वजनिक गरेका हुन् । भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोला । https://www.youtube.com/watch?v=47UbCfeQjVI