images
images

जनप्रेमी मावि रिस्कूले धुमधामका साथमा हीरक जयन्ती मनायो (फोटोहरु सहित )

जन्ताभ्वाईस सम्वाददाता
१५ फागुन , सोमबार , २०७९
कटारी /कटारी नगरपालिका वडा नम्बर ७ स्थित जनप्रेमी माविले स्थापना भएको ६० वर्ष पुगेको अवसरमा आज हीरक जयन्ती एक कार्यक्रमकावीच मनाएको छ । उदयपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य अम्बरबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी विद्यालयले जयन्ती मनाएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि रायमाझीले शिक्षा क्षेत्रको विकासका लागि सँधै लागि पर्ने बताउनुभयो । शैक्षिक क्षेत्रको विकास भए मात्र समृद्ध समाज निर्माण हुने बताउँदै संसद रायमाझीले शैक्षिक विकासमा जोड दिनुभएको हो ।
कार्यक्रमको अवसरमा विद्यालयमा स्थापना गरिएको हीरक स्तम्भको पनि संसद रायमाझीले अनावरण गर्नुभएको थियो । कार्यक्रममा विद्यालयको स्मारिका पनि विमोचन गरिएको थियो ।
कार्यक्रमको अवसर पारेर पूर्व प्रधानाध्यापकहरु , विद्यालयलाई योगदान दिएकाहरु , चन्दादाताहरुलाई सम्मान तथा प्रशंसा पत्र समेत वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर राउतको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले आप्mनो प्रतिभा समेत प्रस्तुत गरेका थिए ।
त्यसैगरी पूर्व विद्यार्थी समेत रहेका गायक विनोद दनुवारले समेत प्रस्तुति दिनुभयो । मोडल शसिकला राईले पनि भरपुर मनोरञ्जन दिलाउनुभयो । साँस्कृतिक कलाकेन्द्र कटारीका कलाकारहरुको समेत प्रस्तुतिच थियो भने विद्यार्थीहरुले विभिन्न प्रदशर्नीहरु समेत प्रदर्शन गरेका थिए ।
त्यसैगरी प्रदेश एकका सदस्य रामकुमार खत्रीले मुलुकलाई अघि बढाउन शिक्षाको विकास आवश्यक रहेको बताउनुभयो ।
त्यसैगरी कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले शिक्षाको विकास भएमात्रै समृद्धि आउने बताउँदै शैक्षिक गुणस्तर बढाउन लागि पर्ने बताउनुभयो । पूर्व मेयर ज्ञानेन्द्र श्रेष्ठले तीनै तहका सरकारका प्रतिनिधिहरुले विद्यालयलाई नमुना बनाउन पहल गर्न आग्रह गर्नुभयो ।
श्रेष्ठले आप्mनो कार्यकालमा विद्यालयका लागि महत्वपूर्ण योगदान दिएको बताउनुभयो । श्रेष्ठ उक्त विद्यालयको पूर्व विद्यार्थी समेत हुनुहुन्थ्यो ।
कार्यक्रममा वोल्दै वडाध्यक्ष सुविन ढुंगानाले यस विद्यालय पुरानो हुनुका साथै यस क्षेत्रको विगतको शैक्षिक धरोहर विद्यालय रहेको बताउनुभयो । विद्यालयको हीरक जयन्तीका अवसरमा आन्तरिक कार्यक्रमसँगै सार्वजनिक कार्यक्रम गरिएको विद्याललयका प्रधानाध्यापक डोमिला धमलाले बताउनुभयो ।