जन्ताभ्वाईस सम्वाददाता
१२ फागुन , शुक्रबार , २०७९
कटारी / कटारी नगरपालिका वडा नम्बर , ५ स्थित सरस्वती मावि भोर्लेले आप्mनो ४१ औं वार्षिकोत्सव तथा अभिभावक भेला आज एक कार्यक्रमका वीच सम्पन्न गरेको छ । शिक्षक अभिभावक संघका अध्यक्ष प्रमोद गिरीको अध्यक्षता र प्रदेश एकका प्रदेश सभा सदस्य रामकुमार खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अवसरमा विद्यालयलाई सवै भन्दा वढी १ लाख ५६ हजार ५७ चन्दा दिने स्वर्गिय पदमबहादुर थापाको शालिक समेत अनावरण गरिएको प्रधानाध्यापक रेवती प्रसाद ढुंगानाले बताउनुभयो । थापाले २०६७सालामा सम्पन्न पुराणको अवसरमा विद्यालयलाई उक्त रकम सहयोग गर्नुभएको थियो ।
कार्यक्रमको अवसरमा वोल्दै प्रमुख अतिथि प्रदेश १ का संसद खत्रीले विद्यालयहरुमा भएको समस्यालाई स्थानीय , प्रदेश र संघ सरकारले हल गर्दै जानुपर्ने बताउनुभयो । त्यसैगरी प्रअ ढुंगानाले विद्यालयमा भर्चुअल कक्षा , प्रोजेक्टरको माध्यमबाट पठन पाठन तथा आधुनिक प्रविधि अन्र्तगत ल्यावटलको प्रयोगलाई नियमित गरिएको बताउनुभयो ।
त्यसैगरी विद्यालयमा स्मार्ट टिभी मार्पmत कक्षा संञ्चालन समेत सुरु गरिएको प्रअ ढुंगानाले बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनबहादुर थापाल्े विद्यालयको शैक्षिक सुधारमा लागि पर्ने बताउनुभयो । कार्यक्रममा कटारी नगरपालिकाका स्रोत व्यक्ति सूर्य कार्कीले अभिभावकहरुले पनि निगरानि राखे मात्रै शैक्षिक गुणस्तर वृद्धि हुने बताउनुभयो ।कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष मोहन तामाँगले शैक्षिक क्षेत्रको समस्या आफुले वुझेको र हल गर्न लागि पर्ने बताउनुभयो । त्यसैगरी वडा नम्बर ३ का अध्यक्ष पुष्कर खड्काले शैक्षिक सुधार र गुणस्तर वृद्धि गर्न नगरकार्यापालिकाले आगामी दिनमा कार्यक्रमहरु तय गर्ने बताउनुभयो ।


जनता भ्वाइस 











