images
images

कटारीमा १८ लाखको शीत भण्डार अलपत्र

जन्ताभ्वाईस सम्वाददाता
१४ पुष , बिहीवार , २०७९
कटारी / कटारी ४ स्थित कृषि उपज केन्द्रसँगै १८ लाखको लागतमा २ वर्षअघि निर्माण गरिएको शीतभण्डार प्रयोगविहिन अवस्थामा छ । वरपर झाडी पलाईसकेको छ । कृषकहरुको कृषि उत्पादनलाई भण्डारण गर्ने भण्डार संञ्चालनमा कसैको पनि चासो गएको छैन् ।१८ लाख खर्चिएको शीतभण्डारमा वेराघेरा पनि गरिएको छैन् । हेल्भेटास र कटारी नगरपालिकाको गरी १८ लाखमा निर्माण गरिएपनि यो वेवास्तामा रहेको छ । कृषकहरुको उत्पादनलाई भण्डारण गर्न प्रयोग गरिने शीतभण्डार अलपत्र परेको हो । यसका लागि कुनै पनि निकायले चासो नदिएको स्थानीय बताउँछन् ।