images
images

कटारीमा कृषक परिचय पत्र वितरण सुरु

जन्ताभ्वाईस सम्बाददाता
३० , चैत्र , बुधबार , २०७८

कटारी/ कटारी नगरपालिकामा वर्गीकरण सहितको कृषक परिचय पत्र वितरणको काम सुरु भएको छ । आज कटारी , ३ हडैयाका लालीगुराँस दलित कृषि समूहमा आवद्ध कृषकहरुलाई नगरपालिककाको हलमा एक कार्यक्रमका वीच परिचय पत्र वितरण गर्दै अभियानको उदघाटन गरिएको छ ।
नगरपालिकाको आयोजना र कृषक समूह महासंघको सहकार्यमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भिमकुमारी राउतले पचिय पत्र वितरण गरेर अभियानको उदघाटन गरिएको थियो । कार्यक्रमको उदघाटन गर्दै नगरका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले नगरको कृषकहरुलाई बलियो बनाउने सपना पुरा भएको बताउनुभयो ।
कृषकहरुलाई वर्गीकरण सहितको परिचय पत्रले काम गर्न सहज हुने उहाँको भनाई थियो ।कार्यक्रममा वोल्दै उपमेयर भिमकुमारी राउतले डेडवर्षदेखिको नियमित कामको सफलता प्राप्त गरेको बताउनुभयो । कोरोना संक्रमणले समेत प्रभावित कामको सफलता प्राप्त गरेको बताउँदै कटारीमा कृषकहरुलाई काम गर्न सहज हुने बताउनुभयो ।कार्यक्रममा नगरका कृषि समितिका संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष रामबहादुर पोखरेलले यसको महत्वको जानकारी सवै कृषहरुलाई दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नगरपालिकाका पशु शाखा प्रमुख विजया न्यौपानेले परिचय पत्रले कृषकहरुलाई वास्तविक किसान पहिचान गरी कार्यक्रम निर्माण गर्न , अनुदान प्रदान गर्न , लगायतका आवश्यक प्रकृयामा सहज हुने बताउनुभयो । कृषि शाखाका सोनु मिश्रका अनुसार कटारीका कृषहरुले अव एन्ड्रोईड मोबाईलमा कटारी कृषि एपबाट पनि सवै जानकारी पाउन सकिने बताउनुभयो ।
त्यसैगरी कटारीको कृषिको लागि आवश्यक मौसम सहितको जानकारीका लागि वेबसाईट समेत निर्माण गरिएको बताउनुभयो । मिश्रका अनुसार कटारीमा ३२ सय कृषक परिचय पत्र वितरण गरिने छ ।कार्यक्रममा कृषक समूह महासंघका उदयपुरका परियोजना अधिकृत देवी थापा मगरले सहकार्यका लागि नगरपालिकालाई धन्यवाद दिनुभयो ।
परिचय पत्र अुनसार सिमान्त , साना , मझौला र व्यवसायिक गरी कटारीमा ४ किसिमको कृषक परिचय पत्र वितरण गरिने छ । क्युआर कोड सहितको परिचय पत्रले परिचय पत्र अनुसार सवै जानकारी पाउन सकिनेछ ।अन्य किसानलाई वडागत रुपमा परिचय पत्र वितरण गरिने पनि नगरपालिकाको कृषि शाखाले जनाएको छ ।