जन्ताभ्वाईस सम्बाददाता
२८ , चैत्र , सोमबार , २०७८
कटारी/ आगामी स्थानीय निर्वाचनका लागि कटारी नगरपालिकाको मेयर पदमा नेकपा एमालेबााट ६ जना आकांक्षी देखिएका छन् । उनीहरुले आफु मेयरको उमेदवर बन्ने दाबी गरेका छन् ।
आईतबार नेकपा एमाले नगर कमिटी कटारीको बैठकले मेयरको उमेद्वारमा दावी गर्नेहरुको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ । मेयरमा दावी गर्नेहरुमा वर्तमान मेयर ज्ञानेन्द्र श्रेष्ठ , उपमेयर भिमकुमारी राउतसँगै एमाले नेता विष्णु मुरी , रतन पोखरेल , युवा नेता जिवनाथ दाहाल र संञ्जिव कार्की रहेका छन् ।
मेयरमा दावी गर्नेहरुले आ आप्mनै तर्क अघि सारेका छन् । यस अघि देखि नै गठबन्धन विरुद्ध आफु चुनाव लड्न तयार रहेको सामाजिक संञ्जालमा सार्वजनिक गरेका हालका मेयर श्रेष्ठले गठबन्धनलाई पराजित गर्न सक्ने र कटारीको समृद्धिका लागि आफु मेयरको उमेद्वार बन्न दावी गर्दै आउनुभएको छ । त्यसैगरी उपमेयरमा सफल कार्यकाल सम्हालिसक्नुभएका उपमेयर राउतको पनि मेयरमा दावी रहेको छ ।
त्यसैगरी युवा पुस्तामाझ चर्चामा रहेका जिवनाथ दाहाल युवा पुस्ताको प्रतिनिधि गर्दै देशलाई युवाको भूमिकाको आवश्यकता रहेकोले मेयरमा दावी गर्दै आएको बताउँदै आउनुभएको छ । विष्णु मुरी कटारीको माथिल्लो भूभागमा रहेर पनि एमालेमा लामो समय योगदान दिएर रहेका नेता हुनुहुन्छ ।
रतन पोखरेल कटारीमा यस अघि नागरिक समाजको अगुवाको रुपमा परिचित हुनुुहुन्थ्यो भने कार्की नेकपा एमालेका नगर कमिटीका अध्यक्ष समेत हुन् । त्यसैगरी एमालेबाट कटारीमा उपेमयरमा ५ जनाले मात्रै आकंक्षा देखाएका छन् ।
जसमा हालका नगरका प्रवक्ता तथा वडा नम्बर ४ का वडाध्यक्ष कृष्णराज दनुवार , वडा नम्बर १ का अध्यक्ष नवराज पोखरेल , त्यसैगरी १३ का वडाध्यक्ष नेत्र श्रेष्ठ , एमाले नेतृ गीता खड्का र भुवनराज गिरी रहनुभएको छ ।मेयर , उपमेयरमा दावी गर्नेहरुलाई नगर कमिटीले निर्णय गरी जिल्ला कमिटीमा सिफारिस गरी पठाएको छ ।


जनता भ्वाइस 








