images
images

६५ औं सहकारी दिवश कटारीमा पनि मनाईयो

जन्ताभ्वाईस सम्बाददाता
२० चैत्र ,आईतबार , २०७८

कटारी / उदयपुरको कटारी पनि आज ६५ औं अन्तर्राष्ट्रिय सहकारी दिवश मनाईएको छ । कटारीमा कृयाशिल ११ सहकारीका सहकारीकर्मीहरुले कटारी ३ स्थित कटारी बजारको भूगोलपार्कबाट र्याली सहित बजार परिक्रमा गरेका थिए ।
कटारी नगरपालिकाको अभिलेख अनुसार कटारीमा ६५ सहकारी भएको सहकारी संञ्जाल उदयपुरका जिल्ला सह सचिव राजु मगरले बताउनुभयो । दिवशको अवसरमा एकआपसमा शुभकामना अदान प्रदान गरिएको सहकारी संञ्जाल कटारीका सचिव रोहित लामाले बताउनुभयो ।बजार परिक्रमा गरेको र्याली टाईगर फिल्डमा समापन गरिएको थियो ।