images
images

कटारी १२ स्थित जनमुखी माविको ताला खुल्यो

जन्ताभ्वाईस सम्बाददाता
४ मंसिर , शनिबार

कटारी/ उदयपुरको कटारी नगरपालिका १२ स्थित जनमुखी माध्यमिक विद्यालय वसेरीमा लगाईएको ताला हिजो खुलेको छ । विद्यालयमा रहेका अधिकांश शिक्षकहरु विद्यालयमा अनुपस्थित हुने पठनपाठन नहुने भएपछी विद्यालयमा कार्तिक २८ गतेदेखि ताला लगाईएको थियो ।
लामो समयको कोरोना कहर र त्यसपछीको दसैं तिहार र छठपछी विद्यालय खुलेपनि शिक्षकहरु विद्यालयमा नफर्किएपछी अभिभावकहरुले विद्यालयमा तालाबन्दी गरेका थिए। वडाध्यक्ष चन्द्रदिप पौडेल सहितको अभिभावकहरुले अनुगमनम गर्दा विद्यालयमा शिक्षकहरु नभेटिएपछी गएको कार्तिक २८ गते देखि विद्यालयमा तालाबन्दी गरिएको थियो ।विद्यालय आएका विद्यार्थीहरु विद्यालय परिसरभन्दा वाहिर बजार घुम्ने , खेल्ने पढाई नहुने भएपछी अनुगमन गरिएको अभिभावक मोहनबहादुर खड्काले बताउनुभयो ।
विद्यालयमा नियमित पठन पाठन हुनुपर्ने शिक्षक मिनकुमार राउतको सरुवा प्रधानाध्यापक तारणी प्रसाद चौधरीको राजिनामा लगायतका माग अभिभावकहरुले राखेका छन् । विद्यालयमा अभिभावक तथा कटारी नगरपालिकाको शिक्षा शाखाका सरोकारवालाहरुको वैठकले हाललाई विद्यालयको ताला खोलेका हुन् । थप निर्णयका लागि पुन अभिभावक भेला राखिने अभिभावकहरुले बताएका छन् ।
सोही वडाका वडाध्यक्ष तथा कटारी नगरपालिकाका सामाजिक विकास संयोजक चन्द्रदिप पौडेलले बारम्बार विद्यालयलाई पठन पाठन सुधारका लागि अभिभावकहरुको गुनासो आएपछी विद्यालयमा तालाबन्दी गरिएको बताउनुभयो । अभिभावकहरुको गुनासो पछी पटक पटक विद्यालयका प्रधानाध्यापक तारणी प्रसाद चौधरीलाई विद्यालयको पठन पाठनमा सुधार गर्न निर्देशन दिएपनि वेवास्ता गरेपछी विद्यालय वन्द गरिएको संयोजक पौडेलको भनाई छ ।
विद्यालय बन्द रहेका समयमा प्रधानाध्यापक चौधरी भने हाल भ्रमणमा रहेको भन्दै विद्यालयमा उपस्थित नभएको अभिभावकहरुले बताए । विद्यालयमा रहेका १६ जना शिक्षक कर्मचारीहरु मध्ये विद्यालयमा ७ जना मात्रै उपस्थित भेटिएपछी विद्यालयमा ताला लगाईएको थियो । विद्यालय वन्द भएपछी विद्यार्थीहरुको पठन पाठन प्रभावित भएको छ । विद्यालयमा पठन पाठन नभएपछी विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको अभिभावकहरु बताउँछन् ।