images
images

खैरेनीमा सहिद मोहन कटुवाल , जामुनलाल दनुवार र चक्रबहादुर राईको स्मृति दिवश मनाईयो

जन्ताभ्वाईस सम्बाददाता
कार्तिक १३ , शनिबार

कटारी / नेकपा माओवादी केन्द्र नगर कमिटी कटारीले हिजो कटारीमा महान सहिदहरुको २३ औं स्मृति दिवश मनाएको छ । कटारी नगरपालिका ५ नम्बर वडाको खैरेनीमा दिवश मनाईएको हो ।महान शहिदहरु मोहन कटुवाल , जामुनलाल दनुवार र चक्रबहादुर राईको स्मृतिमा दिवश मनाईएको हो ।
खैरेनी सहिद जामुनलाल दनुवारको गाउँ हो ।
कार्यक्रमका प्रमुख अतिथि सहिद मोहन कटुवालका पुत्र माओवादी केन्द्र उदयपुरका अध्यक्ष विनोद कटुवाल दिवशले सहिदहरुको सपना पुरा गर्न माओवादी पार्टीलाई बलियो बनाउनुपर्ने बताउनुभयो । जनयुद्धमा १० औं हजार सहिदहरुको बलिदानीले लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको कटुवालको भनाई थियो ।
कार्यक्रममा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य भेषकुमारी राउत लगायत माओवादी केन्द्रका नेताहरु , सहिद परिवारहरुको सहभागिता रहेको थियो । नगर कमिटीका अध्यक्ष मणिराज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रम नगर सचिव यम्बर कटुवालले संञ्चालन गर्नुभएको थियो । जनयुद्धका क्रममा २०५५ साल कार्तिक १२ गते कटारीको चिम्टाघारीमा तत्कालिन राज्यपक्षले सहिद कटुवाल , दनुवार र राईको हत्या गरेको थियो ।