जन्ताभ्वाईस सम्बाददाता
५ असोज , मंगलबार , २०७८
कटारी/ नेपाल मानव धर्म सेवा समिति कटारीले आज श्री त्रिवेणी माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ। आज बिश्वशान्ति दिवस तथा मानव धर्मका प्रणेता सतपालजी महाराजजीको जन्मउत्सवको अवसरमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । मानव धर्मले संचालन गर्दै आएको शैक्षिक अभियान अन्तर्गत श्री त्रिवेणि माध्यामिक बिद्यालय कटारीमा अध्ययनरत पचपन्न बिद्यार्थीलाई कापीकलम पेन्सिल लगाएतका शैक्षिक सामाग्री बितरण गरिएको नेपाल मानव धर्म सेवा समिति कटारीका महात्मा उषा वाइजीले बताउनु भयो ।
यसैगरी शैक्षिक सामाग्री ग्रहण गर्दै बिद्यालयका सह प्राध्यापक धुर्ब घिमिरेले मानव धर्मले संचालन गर्दै आएको शैक्षिक अभियान प्रभावकारी तथा सराहनीय भएको बताउनु भयो । उहाँले आर्थिक अवस्था कमजोर भएका जेहेन्दार बिद्यार्थीलाई यो अभियानले सहयोग पुगेको पनि बताउनु भयो ।कटारीमा मानव धर्म सेवा समितिले आध्यात्मिक साथै रक्तदान सरसफाइ लगाएतका अन्य सामाजिक कार्यहरु गर्दै आएको छ ।


जनता भ्वाइस 








