जन्ताभ्वाईस सम्बाददाता
१९ भदौ , शनिबार , २०७८
कटारी / सगरमाथा वोर्डिङ्ग स्कूल कटारीको प्रथम एसएलसी व्याज(२०६०)का विद्यार्थीहरुले स्वर्गीय शिक्षक रामशेर राईलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । शुक्रबार कटारी , ३ राजावास स्थित राईको नीजि निवासमा पुगेर विद्यार्थीहरुले स्कूलका शिक्षक मुकेश थापाको उपस्थितिमा गुरुको निधनले मर्माहित भएको भन्दै असल गुरु गुमाउँदा लागेको दुःखका वीचमा शोकाकुल परिवारलाई सहन सक्ने क्षमता भगवानले दिउन भन्ने कामनाका साथ परिवारलाई नगद ५० हजार समेत सहयोग गरेको विद्यार्थी सिमा थापाले बताउनुभयो ।
आगामी दिनमा पनि शिक्षक गुरुको परिवारका अप्ठ्याराहरुमा सहयोग गर्ने विद्यार्थीहरुले बताएको पनि थापाले बताउनुभयो । थापाको पहलमा पूर्व विद्यार्थीहरु चुडामणी दाहाल,दिपनारायण साह,धिरज खड्का,हिमाल आले, ज्योती श्रेष्ठ ,खिला खड्का,लक्ष्मण गिरी ,पृृथ तामाङ, राजेन्द्र गिरी ,रुक्जा राइ, सुरज श्रेष्ठ , ओमष्टा तामाङ्ग ,ज्योती सुनुवार लगायतका विद्यार्थीहरुले उक्त सहयोग गरेका हुन् ।
शिक्षक राईको गएको भदौ ५ गते ४८ वर्षको उमेरमा असामयिक निधन भएको थियो । तत्कालिन पूर्व विद्यार्थीहरुले शिक्षक राईले सगरमाथा वोर्डिङ्ग स्कूलमा अध्यापन गराउँदाको क्षण अविष्मरणिय रहेको भन्दै शिक्षक राईलाई श्रद्धाञ्जली व्यक्त गरेका थिए ।उनीहरुले राईको श्रीमति रेखा राईलाई श्रद्धाञ्जली पत्र तथा नगद हस्तान्तरण गरेका हुन् ।


जनता भ्वाइस 







