images
images

कटारीमा ३२ जना संक्रमित थपिए

जन्ताभ्वाईस सम्बाददाता
जेठ ९ , आईतबार

कटारी /कटारी नगरपालिकामा पछिल्लो पटक ३२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । नगरपालिकाको स्वास्थ्य शाखका अनुसार गत ५ जेठमा ५७ जनाको स्वाब परिक्षणको लागि पठाईएकोमा जम्मा ३२ जनामा नयाँ संक्रमण देखिएको हो । जसमा १ ५ जना पुरुष र १७ जना महिला रहेको पुष्टि भएको छ ।यो सँगै हाल कटारीमा सक्रिय संक्रमित संख्या जम्मा ६८ जना पुगेको छ भने निको भएका १५ जना रहेका छन् ।
थपिएका संक्रमितमा वडा नं २ का ८ जना ,वडा नं ३ का १३ जना ,वडा नं ४ का ८ जना ,वडा नं ५ का ३ जना रहेका छन् । हाल रहेका जम्मा संक्रमितमा ताराघारी आइसोलेसनमा रहने ७ जना ,कटारी अस्पताल आइसोलेसनमा रहेका १ जना अक्सिजन सहित उपचाररत , कटारी अस्पताल आइसोलेसनबाट डिस्चार्जपछि होम आइसोलेसनमा गएका ७ जना रहेका छन् । बाकी सबै होम आइसोलेसनमा रहेका र हालसम्म स्वास्थ्य सामान्य भएको पनि स्वास्थ्य शाखाले जनाएको छ ।
सबै बिरामीले उच्च मनोवलका साथ खानपान , व्यायाम र सरसफाइमा ध्यान दिन पनि शाखाले आग्रह गरेको छ । संक्रमणबाट वच्न घरमै बस्न ,बिना काम घर बाहिर ननिस्कन पनि नगरपालिकाले आग्रह गरेको छ ।