जन्ताभ्वाईस सम्बाददाता – २१ कार्तिक , शुक्रबार
गायक सञ्जिव पराजुलीको नयाँ गीत ‘यसरी नहेर मलाई’को भिडियो सार्वजनिक भएको छ। गीतमा होमनाथ न्यौपानेको शब्द, सचिन सिंहको संगीत तथा गोपाल रसाइलीको एरेन्ज छ। दी भ्वाइस अफ नेपालको स्टुडियोमा छायाँकन गरिएको भिडियोमा गायक सञ्जिव फिचर्ड छन्।
भिडियोमा वाद्यवादकहरु कृपेश ढकाल, एलेक्स डी प्रसन्न, अदित मगर र विक्रम थापालाई पनि देख्न सकिन्छ। गीतले एक युवती प्रति एक युवकको प्रेमभावलाई व्यक्त गरेको छ । लक्ष्मण पौडेलले निर्देशन गरेको भिडियोमा अर्जुन तिवारी एण्ड टिमको छायांकन, सोहन मानन्धरको सम्पादन तथा रंग छ।
गायक पराजुलीका ‘कर्के नजर’, ‘नाइँ मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’, ‘छैन मलाई पीर’, ‘झिलमिल झिलमिल’, ‘त्यो सपना’, ‘तिमी मलाई मन पर्छ’, ‘चाहनामा’ गीत रुचाइएका गीतमा पर्छन् ।


जनता भ्वाइस 








