images
images

रमेश राई बचाउन गवुवाका युवाहरुद्वारा एकलाख बढी सहयोग

जनता भ्वाईस सम्बाददाता
४ कार्तिक,मंगलबार
कटारी /वैदेशिक रोजगारीका लागि साउदी पुगेर उतै विरामी भएर आएका उदयपुरको कटारी , ४ का रमेश राईलाई उपचार सहयोगार्थ कटारी , ४ का युवाहरुले १ लाख १६ हजार ३ सय ७५ सहयोग संकलन गरी पठाएका छन् । साउदीमा वेहोस भई विरामी भई आएर काठमाडौंको बाँसबारीमा उपचार गराईरहेका राईलाई उपचारका लागि हिराजित राईको संयोजकत्वमा गाउँ आसपासबाट ४८ हजार २ सय १ र कतारबाट शंकर राई र खेलकुमार श्रेष्ठबाट प्राप्त सहयोग ६८ हजार १ सय ७५ रकम सहयोग आज कटारीबाट सहयोग पठाईदिएका हुन् ।
काठमाडौंमा कोठामा वसेर श्रीमानलाई उपचार खर्च नै ७ लाख बढी लागेको समयमा उपचार र खानपिन गर्न पनि समस्या भएको श्रीमति मिना राईले बताउनुभयो । मिना र रमेशको छोरी समेत पनि स्वास्थ्यमा समस्या छ । छोरी र श्रीमानको उपचार र स्याहार सुसार गर्दा गर्दै थकित मिना राईले उपचारका लागि सवैलाई सहयोगको समेत अपिल गर्नुभयो । विहान वेलुका खाने र उपचार गर्न समेत समस्या परेको थाहा पाएपछी सहयोग गरेको संयोजक हिराजित राईले बताउनुभयो । १७ वर्षदेखि उनको छोरी समेत उपचाररत छिन् ।