काठमाडौँ – वैदेशिक रोजगारीकाे सिलसिलामा मलेसिया पुगेका पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमिडाँडाका हेमलाल दुलाल सुतैको ठाँउमा मृत फेला पर्नुभएको छ। परिवारका अनुसार तीन महिनाअघि मलेसिया पुगेका दुलाल बुधबार बिहान सुतेकै ठाउँमा मृत भेटिनुभएको हो ।
यसअघि पनि पटकपटक वैदेशिक रोजगारीमा गएर फर्किएका दुलाल पछिल्लो पटक गएको असोज १६ गते मलेसिया जानुभएको थियोे । मृत्युको कारण भने खुलेका छैन । मृतक दुलालको श्रीमती, एक छोरा र एक छोरी छन् ।


जनता भ्वाइस 







