images
images

यस्तो छ ‘दि कर्मा’ को टिजर (भिडियो)

https://m.youtube.com/watch?v=b4XSFXXvQPo&time_continue=1&feature=emb_title

काठमाडौ‍ं – फिल्म ‘दि कर्मा’ को अफिसियल टिजर सार्वजनिक गरिएको छ । यही माघ १७ गते रिलिज हुने फिल्मको टिजरमा बुद्धि तामाङ, परमीता राज्यलक्ष्मी राणा, नीता ढुङ्गाना लगायतका कलाकारको शीर्ष भूमिका छ ।

टिजरमा परमीताको बोल्ड अवतार देख्न सकिन्छ । यस्तै टिजरमा करण वर्मालाई पनि देख्न सकिन्छ । देवकुमार श्रेष्ठले निर्देशन गरेको फिल्म जय राजले लेखेका हुन् । फिल्ममा लगानी पनि जय राजकै छ ।फिल्ममा भारतीय कलाकारले समेत अभिनय गरेका छ्न । नेपालको तराई क्षेत्रमा छाया‍ंकन गरिएको फिल्ममा करण, नीता, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतले अभिनय गरेका छन् ।