images
images

संक्रमणकालीन न्यायको विषय टुंग्याउन अन्तर्राष्ट्रिय समुदायको मद्दत आवश्यक नपर्ने: परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायको विषय टुंग्याउन अन्तर्राष्ट्रिय समुदायको मद्दत आवश्यक नपर्ने र आफैँ उक्त विषय टुंग्याउन सक्षम रहेको बताएका छन्।

संक्रमणकालीन न्याय निरुपणको विषय अन्तर्राष्ट्रिय जगतसम्मै चर्कन थालेको बेला मंगलबार परराष्ट्रमन्त्री ज्ञवालीले पत्रकार सम्मेलनमार्फत यसबारे प्रस्ट पारेका हुन्।

संक्रमणकालीन न्याय निरुपण गर्न बनेका आयोगहरु निष्प्रभावी भएका बेला ती दुई आयोगको म्याद एक वर्ष थप्‍ने निर्णय सरकारले गरेको छ। यद्यपि, उक्त आयोग अब कसरी अघि बढ्ने भन्‍नेबारे अन्यौल छ।

केही साताअघि जेनेभा भ्रमणमा रहेका बेला परराष्ट्रमन्त्री परराष्ट्र ज्ञवालीलाई राष्ट्रसंघीय अधिकारीले यसअघि द्वन्द्व समाधानमा अन्तर्राष्ट्रिय समुदायको सहयोग दिए जसरी नै संक्रमणकालीन न्याय निरुपणमा पनि राष्ट्रसंघले सघाउने उल्लेख गर्दै नेपालको धारणा मागेका थिए।