images
images

नेपालद्वारा हङकङ पराजित, नेरीको ६ विकेट

काठमाडौं – थाइल्याण्डको बैंककमा जारी आइसीसी वुमन्स् टि–ट्वेन्टी वल्र्डको एसियाली छनोटको चौथों खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ। 

जितमा अलराउण्डर नेरी थापाले उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट लिइन् । टस जितेर ब्याटिङमा उत्रिएको हङकङलाई ६२ रनमा सिमित गर्ने क्रममा नेरीले ८ मध्ये ६ विकेट आफ्नो नाममा लेखाइन् । नेपालका लागि बाँकी दुई विकेट सीता रानामगरले लिइन् । 

६२ रनको सहज लक्ष्य पाएको नेपालका लागि शुरुवात भने सुखद रहेन । ९.२ ओभरमा २४ रन छँदा नेपालले चार विकेट गुमाइसकेको थियो । तर सरिता मगर र अप्सरी बेगमले ३२ रनको साझेदारी गर्दै नेपालको जित निश्चित गरेका थिए । अप्सरीले २४ र सरिताले नटआउट १६ रनको योगदान दिइन् । 

नेपालले आफ्नो लक्ष्य १८.३ ओभरमा पूरा गर्‍यो । सरिता मगर र नेरी थापा नटआउट रहे । 
हङकङका लागि जस्मिन टिटमसले सर्वाधिक तीन विकेट लिइन् । 

सात देश सहभागि प्रतियोगीतामा नेपालले चार खेलमा तीन जितेको छ । आयोजक थाइल्याण्डसँग पराजित नेपालले अब सोमबार चीनसँग र बुधबार कुवेतसँग खेल्नेछ ।