images
images

बुद्धकालीन ग्रन्थमाला ‘विश्वकोष’ पुन: प्रकाशन हुने

कपिलवस्तु । बुद्धकालीन समयको समग्र परिस्थिति चित्रण गरिएको बुद्धकालीन ग्रन्थमाला ‘विश्वकोष’ फेरि प्रकाशन हुने भएको छ ।

आचार्य भिक्षु अमृतानन्द महास्थविरले लेख्नुभएको सो ग्रन्थमाला ललितपुरको गाबहालस्थित वीरपूर्ण पुस्तक संग्रहालयले पुनःप्रकाशन गर्न लागेको हो । आचार्य भिक्षु अमृतानन्दले करिब १७ वर्ष लगाएर सो ग्रन्थ लेख्नुभएको थियो ।आनन्दकुटी विहार गुठीले प्रकाशन गरेको सो ग्रन्थमाला हाल बजारमा पाउनै छाडेपछि संग्रहालयले पुनः प्रकाशन गर्न लागिएको हो ।

ग्रन्थमाला बुद्धधर्मको मूल ग्रन्थ सुत्रपिटकमा तितरवितर रहेका पात्रहरुको चरित्रहरुलाई क्रमबद्ध गरी लेखिएका ग्रन्थहरुको संगालो हुन् । ग्रन्थमालामा बुद्धकालीन ब्राम्हण, राजपरिवार, महिलाहरु, परिब्राजकहरु, श्रावक चरित, श्राविका चरित, गृहस्थीहरु जस्ता २७ वटा ग्रन्थ रहेका छन् । ग्रन्थमालाका सबै ग्रन्थको गरी १३ हजार ५ सय पृष्ठको रहेको छ । ती ग्रन्थलाई नेपाली बौद्ध वाङमयमा महत्वपूर्ण आधारशीलाको रुपमा लिईन्छ ।

संग्रहालयले करिब ४ दशकदेखि त्रिपिटक अन्र्तगतका सम्पूर्ण ग्रन्थ नेपाल र नेपाली भाषामा अनुवाद गरी प्रकाशित गर्दै आएको छ । पालि भाषा, जसलाई मागधी (२५ सय वर्ष अघि भारतको मगध प्रांन्त प्रचालित भाषा ) भाषा पनि भनिन्छ । सो भाषामा लेखिएको त्रिपिटक ग्रन्थको अनुवाद गरी संग्रहालयले एकपछि अर्को गर्दै प्रकाशन गर्दै आएको छ ।

संग्रहालयका अनुसार त्रिपिटकका ४० वटा ठूलठूला ग्रन्थहरु अनुवाद गरी प्रकाशित गरिसकेको छ । हालसम्म त्रिपिटक ग्रन्थ अन्र्तगत दीर्घ्निकाय, मज्झिमनिकाय, मिलिन्द प्रश्न नेपाल र नेपाली भाषामा प्रकाशित भइसकेको छ । त्यसैगरी संयुक्त निकाय, इतिबुत्तक, निदान कथा, पुग्गलपञ्ञिति, संगायन पाठ, जातक संग्रह अन्र्तगत ६ वटा खण्ड, यमक महावग्ग र धर्मसंगीनी नेपाल भाषामा प्रकाशित भइसकेको छ ।

‘ती पुस्तकको भाषा र प्रस्तुती एक्कैचोटी बुझन् कठिन हुने गरेको सर्वसाधारणबाट प्रतिक्रियाहरु आइरहेको छ ।’ संग्रहालयका अध्यक्ष एवं त्रिपिटक अनुवादक बज्राचार्यले भन्नुभयो ‘यस्तो अवस्थामा त्रिपिटकका घटनाक्रमलाई वर्गीकरण गरी नेपाली भाषामा लेखिएको बुद्धकालीन ग्रन्थमाला पढेमा त्रिपिटकका अन्य पुस्तक पढ्न सर्वसाधारणलाई सहज हुने जस्तो लाग्यो ।’बुद्धकालीन ग्रन्थमालाले त्रिपिटक पढ्न र पढाउन भूमिकाको रुपमा कार्य गर्ने पनि अध्यक्ष बज्राचार्यको भनाई रहेको छ । बुद्धकालीन समयको समग्र परिस्थिति चित्रण गरिएको बुद्धकालीन ग्रन्थमाला ‘विश्वकोष’ फेरि प्रकाशन हुने भएको छ ।

आचार्य भिक्षु अमृतानन्द महास्थविरले लेख्नुभएको सो ग्रन्थमाला ललितपुरको गाबहालस्थित वीरपूर्ण पुस्तक संग्रहालयले पुनःप्रकाशन गर्न लागेको हो । आचार्य भिक्षु अमृतानन्दले करिब १७ वर्ष लगाएर सो ग्रन्थ लेख्नुभएको थियो ।आनन्दकुटी विहार गुठीले प्रकाशन गरेको सो ग्रन्थमाला हाल बजारमा पाउनै छाडेपछि संग्रहालयले पुनः प्रकाशन गर्न लागिएको हो ।

ग्रन्थमाला बुद्धधर्मको मूल ग्रन्थ सुत्रपिटकमा तितरवितर रहेका पात्रहरुको चरित्रहरुलाई क्रमबद्ध गरी लेखिएका ग्रन्थहरुको संगालो हुन् । ग्रन्थमालामा बुद्धकालीन ब्राम्हण, राजपरिवार, महिलाहरु, परिब्राजकहरु, श्रावक चरित, श्राविका चरित, गृहस्थीहरु जस्ता २७ वटा ग्रन्थ रहेका छन् । ग्रन्थमालाका सबै ग्रन्थको गरी १३ हजार ५ सय पृष्ठको रहेको छ । ती ग्रन्थलाई नेपाली बौद्ध वाङमयमा महत्वपूर्ण आधारशीलाको रुपमा लिईन्छ ।

संग्रहालयले करिब ४ दशकदेखि त्रिपिटक अन्र्तगतका सम्पूर्ण ग्रन्थ नेपाल र नेपाली भाषामा अनुवाद गरी प्रकाशित गर्दै आएको छ । पालि भाषा, जसलाई मागधी (२५ सय वर्ष अघि भारतको मगध प्रांन्त प्रचालित भाषा ) भाषा पनि भनिन्छ । सो भाषामा लेखिएको त्रिपिटक ग्रन्थको अनुवाद गरी संग्रहालयले एकपछि अर्को गर्दै प्रकाशन गर्दै आएको छ ।

संग्रहालयका अनुसार त्रिपिटकका ४० वटा ठूलठूला ग्रन्थहरु अनुवाद गरी प्रकाशित गरिसकेको छ । हालसम्म त्रिपिटक ग्रन्थ अन्र्तगत दीर्घ्निकाय, मज्झिमनिकाय, मिलिन्द प्रश्न नेपाल र नेपाली भाषामा प्रकाशित भइसकेको छ । त्यसैगरी संयुक्त निकाय, इतिबुत्तक, निदान कथा, पुग्गलपञ्ञिति, संगायन पाठ, जातक संग्रह अन्र्तगत ६ वटा खण्ड, यमक महावग्ग र धर्मसंगीनी नेपाल भाषामा प्रकाशित भइसकेको छ ।

‘ती पुस्तकको भाषा र प्रस्तुती एक्कैचोटी बुझन् कठिन हुने गरेको सर्वसाधारणबाट प्रतिक्रियाहरु आइरहेको छ ।’ संग्रहालयका अध्यक्ष एवं त्रिपिटक अनुवादक बज्राचार्यले भन्नुभयो ‘यस्तो अवस्थामा त्रिपिटकका घटनाक्रमलाई वर्गीकरण गरी नेपाली भाषामा लेखिएको बुद्धकालीन ग्रन्थमाला पढेमा त्रिपिटकका अन्य पुस्तक पढ्न सर्वसाधारणलाई सहज हुने जस्तो लाग्यो ।’बुद्धकालीन ग्रन्थमालाले त्रिपिटक पढ्न र पढाउन भूमिकाको रुपमा कार्य गर्ने पनि अध्यक्ष बज्राचार्यको भनाई रहेको छ ।

बुद्ध जन्मभूमी नेपालमा त्रिपिटकका सम्पूर्ण ग्रन्थ अहिलेसम्म नेपालमा बोलिने कुनै पनि भाषामा उपलब्ध हुन सकिरहेको छैन । यसलाई ध्यानमा राखेर संग्रहालयले पुस्तक अनुवाद र प्रकाशन गर्ने कार्यलाई तीब्रता दिइरहेको छ ।

स्रोत :- नेपाल बुद्दिस न्युज