काठमाडौं असोज १५,नेपाल प्रहरीमा रिक्त रहेको ७ हजार २ सय ५६ दरबन्दीमा भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान,प्रहरी कार्यालय सहयोगी लगायतका पदमा भर्ना आह्वान गरेको हो ।
प्रहरी निरीक्षकमा १ सय ८ जना,प्रहरी सहायक निरीक्षकको लागी ५ सय २४ जना माग गरिएको हो । यस्तै प्रहरी जवानमा ६ हजार २ सय ४४, प्रहरी कार्यालय सहयोगी ३८० जनाका लागि दरखास्त आह्वान गरिएको हो ।
महाशाखाका अनुसार दरखास्त फारम असोज १८ देखि कात्तिक २९ गतेसम्म बुझाउन सकिनेछ। प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरी तथा सात वटै प्रदेश प्रहरी कार्यालयमा फाराम बुझाउने सकिने छ भने प्रहरी जवान पदको लागी दरखास्त सबै जिल्ला प्रहरी कार्यालयहरु तथा प्रदेश प्रहरी कार्यालयमा बुझाउन सकिने छ ।