काठमाण्डौ । कम्बोडिया पठाई दिन्छु भनी ठगी गरेको अभियोगमा झापा शिबसताक्षी नगरपालिका–९ का सुमन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
बस्नेतले वैदेशिक रोजगारीको शिलशिलामा कम्बोडिया स्थित क्यासिनोको सेक्युरीटी गार्डमा प्रति महिना १ लाख तलब हुने साथै अन्य सुबिधा समेत पाईने भन्दै प्रलोभन देखाई प्रति व्यक्ति ३ लाख ५० हजार देखि ६ लाख सम्मका दरले ८८ लाख ३९ हजार रुपैयाँ लिई बैंकक हुँदै कम्बोडिया पु¥याई अलपत्र पारीको भनी पाँचथर मिकलाजुङ गाउँपालिका–७ बस्ने कुलबहादुर तामाङ सहित १९ जनाले महानगरीय अपराध महाशाखामा जाहेरी दिएका थिए ।
जाहेरीका आधारमा प्रहरीले बस्नेतलाई काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरेको हो । बस्नेतलाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।