काठमाण्डौ, हिन्दु नारीहरुको महान चाड तिजको अवसर पारेर गायिका मालती खरेलले तीज गीत “काँकरीको बियाँ” बजारमा लिएर आएकी छन् । उक्त गीतमा चेलीहरुको यथार्थ भावहरुलाई समाबेस गरिएको छ, गीतमा मालती खरेलको एकल स्वर रहेको छ भने निर्देशकको जिम्मा प्रकाश भट्ट, संगीत संयोजन बिनोद बाजुराली, छायाँकन राजेश घिमिरे, सम्पादन विष्णु शर्मा तथा अभिनय अन्जली अधिकारीले गरेका छन् । मालती खरेल कै लय तथा शब्द सृजनाले भरिएको यो मौलिक गीतको म्युजिक भिडियोमा अन्जली अधिकारी र चन्द्रकला खरेलको अभिनय रहेको छ । भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन्, भने छायांकन राजेश घिमिरे र सम्पादन बिष्णु शर्माले गरेका हुन ।


जनता भ्वाइस 








