images
images

प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाण्डौ असार १०, प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । ओली आइतबार बिहान साढे १० बजे विमानस्थलमा अवतरण गरेका हुन् ।  ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका इश्वर पोखरेलले स्वागत गरे । अहिले चीन भ्रमणबारे विमानस्थलमै पत्रकार सम्मेलन भइरहेको छ ।

दुई देशबीच विगतमा भएका सम्झौता समझदारीहरूको कार्यान्वयनको प्रक्रिया र ढाँचा तयार गर्ने, राष्ट्रिय एजेण्डाको रुपमा रहेको आर्थिक समृद्धि हासिल गर्नका लागि चिनियाँ सरकारसँग विभिन्न क्षेत्रहरूमा सहयोग तथा सहकार्य गर्न सघाउ पुगेको उनले बताए।

भ्रमणका क्रममा चिनियाँ नेतृत्वबाट नेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तनका लागि नेपाललाई बधाई दिएको ओलीले जानकारी दिए। चिनियाँ पक्षले सरकारले देशलाई विकासको नयाँ चरणमा पुर्‍याउने आशा व्यक्त गरेको ओलीले जानकारी दिए। राजनीतिक स्थायित्व, सामाजिक सद्भाव तथा आर्थिक विकाससँगै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानमा चीनको सक्दो सहयोग हुने चिनियाँ पक्षले प्रतिवद्वता गरेको प्रधानमन्त्री ओलीले बताए।

भ्रमणका क्रममा सन् २०१६ मा चीनन भ्रमणको अवसरमा भएका सम्झौता एवं समझदारीहरु लगायत सबै सम्झौता एवं समझदारीहरुको प्रभावकारी कार्यान्वयन गर्न दुबै पक्ष सहमत भएका छन् । प्रधानमन्त्री ओली गत ४ गते चीनको औपचारिक भ्रमणमा गएका थिए ।