images
images

गाई मारेको अभियोगमा खत्रीलाई बाह्र बर्ष कैद

अर्घाखाँची सन्धीखर्क जेठ २०, आइतबार अर्घाखाची जिल्ला भूमिकास्थान नगरपालिका–२ भोटेपोखरा बस्ने यम बहादुर खत्रीलाई गाई मारेको अभियोगमा जिल्ला अदालत अर्घाखाँचीले १२ वर्षको जेल कैद सजायको फैसला सुनाएको हो ।

गोठमा बाँधेका तिन वटा कालो गाईलाई बञ्चरोले टाउकोमा प्रहार गरेर हत्या गरेका थिए । मुलुकी ऐन चौपाया महलको १ नम्बर र ११ नम्बर बमोजिम खत्रीलाई कारबाही गरिएको हो । खत्रीलाई अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश रामचन्द्र पौडेलको इजलासले १२ वर्ष कैदको फैसला गरेको अर्घाखाँची जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले जानकारी दिनुभयो ।