images
images

३३ किलो सुन प्रकरणः एसएसपि लोहनी पक्राउ,आज मुद्धा दर्ता गर्ने तयारी

मोरङ बैशाख १९, ३३ किलो सुन तस्करी र त्यसपछि भएको सनम शाक्य हत्काण्डमा मुछिएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिवेश लोहनीलाई मोरङ प्रहरीले पक्राउ पुर्जी थमाएको छ ।

गृहमन्त्रलायले गठन गरेको छानबिन समितिले बयानका लागि तानेपछि अपराध अनुसन्धान महाशाखा काठमाडौंका प्रमुख एसएसपी लोहनी मंगलबार आफैँ जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेका थिए ।

मंगलबार त्यहाँ पुगेका लोहनीलाई जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार पक्राउ पुर्जी थमाएको हो । पक्राउ पुर्जी थमाएसँगै उनीविरुद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइने जानकारी मोरङ प्रहरीले दिएको छ ।

गृह मन्त्रालयका सहसचिव ईश्वराज पौडेल नेतृत्वको घटना छानविन समितिले लोहनीलाई झिकाउन मोरङ प्रहरीलाई निर्देशन दिएको थियो । निर्देशन अनुसार मोरङ प्रहरीले उपस्थितिका लागि लोहनीलाई पत्र पठाएको थियो ।

स्रोत :- अन्नपुर्णपोष्ट