ललितपुर बैशाख ९,ललितपुर महानगरपालिकाको वडा२३ नम्बर धापाखेल स्थित प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादबको घरमा अज्ञात समूहले बिष्फोट गराएका छन। बिष्फोटबाट यादवको घरमा रहेको मुल गेटको सिसा चर्किएको र कम्पाउण्डमा रहेको पर्खाल समेतमा क्षति पुगेको छ।
आइतबार साँझ ८:१५ बजेको समयमा घरमा बिष्फोट गरेको हो । हाल सम्म कुनै पनि समुहले घटनाको जिम्मा लिएको छैन । उक्त स्थानमा आर्को पनि बिस्फोटक पदार्थ रहेकोले निष्कृयको लागी बम बिष्फोट टोली घटनास्थल जादै छ । घटना पछि ललितपुर प्रहरीले घटनास्थल वरपर चेकजांचमा कडाई गरेको छ । बिस्फोटबाट कुनै मानवीय क्षती नभएको ललितपुर प्रहरीले जनाएको छ ।