काठमाण्डौ बैशाख ९,लामो समय देखी विभिन्न कम्पनीका मोटरसाइकलहरु भारतबाट चोरी निकासी गरी नेपाल ल्याई नक्कली बिलबुक बनाई सक्कली मोटरसाइकल हो भनी झुकाई बिक्री गर्ने ३ जनालाई प्रहरीले १३ वटा मोटरसाइकल, नगद १ लाख ४२ हजार ३ सय ५० रुपैयाँ, बिलबुक ७ थान, मोटरसाइकलको साचो ६ थान सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दाङ हेकुली घर भएका सनम चौधरी, मकवानपुर धिमाल घर भएका धनबहादुर योन्जन र दोलखा बिर्तेश्वर घर भएका गोपाल नेपाली रहेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।