images
images

सहकर्मी हत्या गरी फरार अभियुक्त पक्राउ

काठमाण्डौ बैशाख ३,आफ्नै सहकर्मी  महिलाको हत्या गरी फरार भएका पर्सा जिल्ला  ठोरी गाउँपालिका–४ स्थायी घर भई हाल  काठमाणडौ धापासी बस्ने बर्ष ३०  का  बिजय तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

टोखा नगरपालिका–७ घापासी हाईट जाने करिडोरको बाटोमा आइतबार राति गोरखा घर बताउने ३३ बर्षीया मिस्त्री काम गर्ने पूर्णिमा विक टाउकोमा गहिरो चोट लागेर  घटनास्थलमै मृत्यु भएको अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा तामाङलाई टोखा नगरपालिका–६ धापासीस्थित कृष्ण मन्दिर नजिकबाट सोमबार प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।