images
images

उदयपुरको त्रियुगा रंगशाखामा बम विष्फोट एक जना घाईते

उदयपुर चैत २८, उदयपुर सदरमुकाम गाईघाटमा बुधबार बम विष्फोट हुँदा १ बालक घाइते भएका छन्। त्रियुगा नगरपालिका १३ पुरानो हवाईफिल्डस्थित थरुहट–त्रियुगा रंगशाखामा बम पड्किँदा सोही ठाउँका १४ वर्षीय पारस राई घाइते भएको प्रहरीले जनाएको छ।

५ बजेर १५ मिनेटमा गाईघाट बजारसम्म स्पष्ट आवाज सुनिने गरी विष्फोट भएको बमले बालकको पेटमा छर्रा लागेको अस्पताललाई उद्धृत गर्दै प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए। प्रत्यक्षदर्शी स्थानीयलाई उद्धृत गर्दै एसपी भट्टले बताएअनुसार २/३ जना बालकहरु खेलिरहेका बेला नजिकै देखिएको कालो झोला खोतलेर हेर्दा बम विष्फोट भएको थियो।

रंगशाखाको पश्चिम गोलपोष्टनेर विष्फोट भएपछि नजिकै रहेको तरकारी बजारका व्यापारी आतंकित बन्न पुगेका छन्। साँझको बेला भएकाले बाक्लो चहलपहल हुने तरकारी बजारमा ठूलो आवाजका साथ बम विष्फोट भएप्छि सबै भागाभाग भएको स्थानीय व्यापारीले बताए। विष्फोटस्थल तरकारी बजारस्थित प्रहरी बिटभन्दा मुस्किलले १ सयमिटर पूर्वमा छ।यो समचार आजको नागरिक न्यूजबाट लिएको हो ।

एसपी भट्टले बम विष्फोटको सबै विवरण नआइसकेको र अनुसन्धानका लागि टोली घट्नास्थलमा खटिरहेको बताएका छन्। उनले १ डेढ घण्टापछि मात्र घट्नाबारे वास्तविक कुरा बाहिर आउने बताए।