images
images

चिठ्ठा परेको भनि ठगी गर्ने दुईजना प्रहरी फन्दामा

काठमाडौँ चैत २१,काठमाण्डौ महानगरपालिका–१६ बालाजु बाईपास स्थित नेहा सव मनि ट्रान्सफरबाट भाग्यसाली चिट्ठा परेको भनी आईएमईमा पैसा पठाउन लगाई ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तारकेश्वर नगरपालिका–२ साङला घर भएका १७ बर्षीय यादव तिमल्सिना र सोही नगरपालिका–२ काभ्रेस्थली घर भएकी १७ बर्षीया नम्रता चापागाई रहेका छन् ।

उनीहरुलाई मंगलबार उक्त मनी ट्रान्सफरबाट पैसा निकाल्ने क्रममा प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।