काठमाण्डौ चैत १३, लाठी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ काउले बस्ने मकरध्वज राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
मकरध्वजले मादक पदार्थ सेवन गरेको भन्दै उनकी श्रीमती ५० बर्षीया आइसरी राईले बाँसको लाठीले हिर्काएपछि सोही लाठी खोसेर श्रीमतीलाई टाउकोमा प्रहार गर्दा आइसरीको घटनास्थलमै मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।