images
images

राष्ट्रपतिमा पुन: भण्डारी निर्वाचित भोली सपथ

काठमाण्डौ फाल्गुन २९, विद्यादेवी भण्डारी पुनः राष्ट्रपति निर्वाचित भएकी छिन् । नेपालको संविधान घोषणा भएपछि निर्वाचित हुने पहिलो राष्ट्रपति भण्डारी पुनः लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति भण्डारी पुनः मुलुकको सर्वोच्च पदमा निर्वाचित भएकी हुन्। जम्मा मतको दुई तिहाइ भन्दा बढी मतसहित भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । संघीय गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा निर्वाचित हुने क्रममा उनले ३९ हजार २७५ मत प्राप्त गरिन् । उनकी निकटतम् प्रतिस्पर्धी कुमारी लक्ष्मी राईले ११ हजार ७३० मत ल्याउन सफल भइन् । उनी २०७२ साल कातिक ११ मा पहिलोपटक राष्ट्रपति निर्वाचित भएकी थिइन् । भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति पनि हुन् । दोस्रो कार्यकालको लागी राष्ट्रपति भण्डारीले भोली बुधबार सपथ लिने कार्यक्रम तय भएको छ ।