काठमाण्डौ फाल्गुन २४, भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख ६८०९ नम्बरको ट्रकका चालक सिन्धुपाल्चोक चौतारा–३ का बिजय भण्डारी, सहचालक सप्तरी मिरतया–२ का बिक्रम चौधरी, ट्रकमा सवार सिन्धुली खुर्कोट–२ बस्ने कौशला थापा, महोत्तरी बर्दिबास–९ का ओमबहादुर पण्डितलाई ट्रकको ड्राइभरको सिट पछाडी लुकाई छिपाइ ल्याएको लागूऔषध डाइजेपाम २० एम्पुल, नोफिन २० एम्पुल, फेनारगन २० एम्पुल र गाँजा ३७ ग्राम सहित महानगरीय प्रहरी प्रभाग नागढुंगाको प्रहरीले बिहीबार पक्राउ गरेको छ ।