images
images

जापानले छिर्न दिएन बुद्ध, प्रताप र निशानलाई

काठमाडौं, फाल्गुन १३:- नेपाल आइडल टप थ्रीले जापान गएर पर्फमेन्स् गर्ने मौकाबाट बन्चीत भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा ‘हिमालय ल्होसार नाइट’ कार्यक्रम तय भएअनुसार टप थ्री बुद्ध लामा,प्रताप दास र निशान भट्टराई जापान जाने तयारीमा थिए ।तर जापानको दुतावासले भिसा दिन अस्विकार गरेपछि कार्यक्रम  स्थगित हुन पुगेको हो ।

कार्यक्रय रद्द भएपछि जापानमा रहने यी आइडलका फ्यानहरुले यिनीहरु संग प्रत्यक्ष भेट्ने अवसर  गुमाएका छन् । भिसा उनीहरूका लागि बाधक बनेको छ  ।विश्व टुरमा निस्किएका नेपाल आइडलका बुद्ध, प्रताप र निशानलाई जापान प्रेवश गर्न भने जापान सरकारले रोकिदिएको छ ।

बुद्ध, प्रताप र निशानसँगै नेपाल आइडलका प्रतिस्पर्धी सन्ध्या जोशी, केन्जलमेहर श्रेष्ठ, मोडल एलिशा राई, उद्घोषक सुशिल नेपाल पनि जापान जाने तयारीमा रहेका थिए ।आयोजक एनआरएनए जापानले भने विज्ञप्ति निकाल्दै समय अभावका कारण कार्यक्रम स्थगित गर्न बाध्य भएको बताएको छ ।