धादिङ, माघ २७ – त्रिशुली नदीमा खसेर बेपत्ता भएका सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवको शव भेटिएको छ । नदीमा डुबेकाे जिपबाट उहाँकाे शव निकालिएकाे प्रहरीले जनाएकाे छ ।
बा २ झ ३१४० नम्बरको सिंचाइ मन्त्रालयको जिप काठमाडौं आउने क्रममा शनिबार बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिका-३ को सलाङघाटबाट त्रिशुली नदीमा खसेकाे हाे । ड्राइभर सिटबाट सिट बेल्ट काटेर यादवको शव निकालेकाले जिप सचिवले चलाउँदा दुर्घटनामा परेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
जिपमा सवार सचिव यादवका छोरा सन्तोष यादव र साथीकाे भान्जी उन्नती गुप्ता अझै बेपत्ता छन ।


जनता भ्वाइस 







