images
images

जो २५ बर्षदेखि रुखका पात खाएर बाँचिरहेका छन

२०७४ वैशाख १० – (एजेन्सी)  मान्छे बाच्नका लागि विभिन्न पौष्टिक आहारको आवश्यकता पर्दछ त्यसका लागि मान्छे विभिन्न खाने कुराहरु खाने गर्दछन् । प्रायगरी संसारका मान्छेहरु बाँच्नका लागि अन्न/अनाज, माछामासु, फलफुल, तरकारी, पशु उत्पादनहरु यस्तै खाने गर्दछन् । संसारमा यस्ता व्यक्ति पनि छन् जो २५ बर्षदेखि घाँसपात मात्रै खाएर बाँचेका छन् भन्दा सबैलाई पत्याउन गाह्रो पर्छ ।

पाकिस्तानको पञ्जाव प्रान्तस्थित गुजरवाला जिल्ला निवासी मेहमूद बट नाम गरेका एक व्यक्ति २५ बर्षदेखि रुखका पात खाएकै भरमा बाँचिरहेका छन् । उनले अरु कारण नभइ गरीबीकै कारण यसो गर्नु परेको बताइएको छ । बटसँग कुनै रोगजार थिएन, खेतीपाती गर्ने जमिन पनि थिएन । खाना जुटाउँने कुनै उपाए नभएपछि उनले रुखका पात खान सुरुवात गरेका थिए। बिरुतारै बानी लाग्दै गयो । त्यसपछि त्यही पात खाएकै भरमा २५ सास धानिरहका छन् ।

Mehmood Butt survives on leaves for 25 years in Pakistan - Weird Stories in Hindi

बटले भने, ‘मेरो परिवार साह्रै गरीब थियो, मेरा लागि खाना जुटाउँनु निकै कठीन कार्य थियो । यस कारण मैले सोचें सडकमा भीक मागेर खानुभन्दा रुखका पात खाएरै जीवन गुजारा गर्छौं ।’ केही बर्षपछि रोजगारी पाएर आर्थिक स्थिति सुधार आउँदा पनि बटको पात खाने आदत छुटेन । हाल आफूले दैनिक ६०० पाकिस्तानी रुपैयाँ कमाउने गरेको बताउने बट रुखका पात र हाँगाविगा खानु आफ्नो छुटाउँनै नसक्ने आदत भएको दावी गर्छन् । उनी आफ्नो खाना हरिया पात र रुखका हाँगा खोज्न विभिन्न ठाउँमा डुल्ने गर्छन् ।

Mehmood Butt survives on leaves for 25 years in Pakistan - Weird Stories in Hindi

उनका छिमेकी गुलाम मोहमदले भने ‘उनी जुनसुकै समय सडक किनारमा आफ्नो गधा गाढा रोकेर रुखका हरिया पात खान सुरु गरिहाल्छन् ।’ मोहमदका अनुसार हालसम्म बटालाई विरामी भएर स्वास्थ्य सस्थां जानु परेको छैन र कुनै औषधी पनि खानु परेको छैन । उनको अवस्थाले सबैलाई अचम्मित बनाउँने गरेको छ । यसै कारण उनी उक्त क्षेत्रमा निकै चर्चित छन् ।