images
images

दक्षिण अफ्रिकामा बस दुर्घटना, बीस बालबालिकाको मृत्यु

२०७४ वैशाख १० – जोहानेसबर्ग (दक्षिण अफ्रिका) दक्षिण अफ्रिकाको प्रेटोरियामा शुक्रबार भएको बस दुर्घटनामा परी कम्तीमा २० बालबालिकाको मृत्यु भएको यहाँको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

विद्यालय समयमा बालबालिका बोकेर हिँडेको उक्त बस एक्कासी सडकमा पल्टिँदा उनीहरुको मृत्यु भएको उद्धारमा संलग्न प्रहरी तथा एम्बुलेन्स कर्मचारीले बताएका छन् ।

ईआर २४ सङ्कटकालीन स्वास्थ्य सेवाका प्रवक्ता रसेल मेइरिङ¬ले घटनामा २० बालबालिकाको निधन भएको पुष्टि गरे पछि घटनामा कति घाइते भएका थिए भन्नेबारे बताउनुभएन । रासस/एएफपी