images
images

सिरिया काण्डमा अमेरिका र रुसको दोहोरी

२०७३ चैत्र २८ एजेन्सी : अमेरिकी विदेशमन्त्री रेक्स टेलरसनले सिरियामा विद्रोहीमाथि गरिएको रसायनिक हमालाको जिम्मेवार रुस रहेको आरोप लगाएका छन् । जी-७ सदस्य राष्ट्रका विदेशमन्त्री स्तरीय भेटघाटका क्रममा इटालीमा रहेका टेलरसनले यस्तो धारणा व्यक्त गरेका हुन् । उक्त मिटिङ सकिने विक्तिकै टेलरसन रुसी विदेशमन्त्री सर्गेइ लावरोवसँग भेट गर्न मास्को जाने कार्यक्रम रहेको छ ।

२०१३ मा सिरियामा भएको रसायनिक हतियारको भण्डारलाई नष्ट गर्न सहमत भएको रुसले त्यसो नगरेका कारण रसायनिक हतियार आक्रमण भइ ८९ जनाले ज्यान गुमाउँन बाध्य भएको टेलरसनले दावी गरे ।

रुसले भने अमेरिकाको यस्तो आरोपको खण्डन गरेका छ । अमेरिकासँग सिरियामा रसायनिक हतियार भएको भन्ने कुनै प्रमाण नभएको भन्दै अमेरिकाले सिरियामाथि गरेका आक्रमण सन २००३ मा इराकमाथि गरेको आक्रमण जस्तै भएको दावी रुसले गरेका छ ।

सिरिया सरकारले गरेको रसायनिक हमलाको बारेमा जवाफ दिँदै रुसले भनेको छ ‘विद्रोहीका लागि रसायनिक हतियार बनाउँने अखडामा हवाई हमला गर्दा त्यसको असर नजिकैका इलाकामा फैलिएको हो ।’ अमेरिका लगायत केही पश्चिमा राष्ट्र र सिरियाका विद्रोहीले भने सिरियामा रसायनिक हतियार रहेको प्रमाण रहेको दावी गरिरहेका छन्।

अमेरिकाले सिरियामाथि थप आक्रमण गरेमा रुस, सिरिया र इरान त्यसको जवाफ दिने तयारीमा रहेको बताइएको छ।